पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश प्रवेश गरेका छन्।
बुधबार पोखरा रंगशालामा भएको पहिलो खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। सुरुदेखि नै दबाबमा राखेको भारतले एकतर्फी खेल प्रदर्शन गर्दै ठूलो अन्तरको जित निकालेको हो।
त्यसैदिन भएको दोस्रो खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। बंगलादेशसँगको पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
समूह चरणका सबै खेलमा अपराजित रहँदै बंगलादेश तालिकाको शीर्ष स्थानमा रहेको छ।
अब प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेशबीच फाइनल खेल हुने भएको छ।
प्रकाशित: २१ माघ २०८२ १७:४३ बुधबार