खेल

स्पष्टीकरण चित्त नबुझेपछि राखेपले गर्‍यो एन्फालाई ३ महिना निलम्बन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।

एन्फाले बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै राखेपले निलम्बन गर्ने निर्णय लिएको हो।

नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी गरिरहेको एन्फाले मंगलबार राखेपलाई पत्र पठाएको थियो। सोही पत्र र निर्वाचन प्रक्रियाका विषयलाई लिएर राखेपले एन्फासँग २४ घण्टे स्पष्टीकरण मागेको थियो।

राखेपको निर्देशन लगत्तै एन्फाले मंगलबार नै आफ्नो जवाफ फर्काएको थियो। तर, एन्फाले पठाएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै राखेपले ३ महिनाका लागि संघलाई नै निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ २०:४० बुधबार