नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन्। नेपाली अन्डर–१९ टोलीको पूर्व कप्तान समेत रहिसकेका खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए।
यसपटक उनलाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्सबिच प्रतिस्पर्धामा उत्रिएका थिए। दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो।
प्रकाशित: २४ श्रावण २०८२ १६:२६ शनिबार



