खेल

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता: स्वर्णका लागि महिलातर्फ श्रेष्ठ र शाही भिड्ने

नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।  

सातदोबाटोस्थित कराते एकेडेमीमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुलिसकी सविनाले कोशी प्रदेशकी सृजना खुलाललाई १२-५ र प्रियंकाले कर्णाली प्रदे शकी प्रियंका शाहीलाई ३-० ले पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्।  

पुलिसका एलोन श्रेष्ठ र बागमती प्रदेशका निश्चित घले पुरुष ५५ केजी तौल समूहको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा एलोनले सुदूरपश्चिम प्रदेशका आनन्द कार्कीलाई ५-२ तथा निश्चिलले मधेश प्रदेशका रोहित ठाकुरलाई ६-५ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

एपिएफका राकेश मानन्धर र गण्डकी प्रदेशका बमिन गुरु ङले पुरुष ५० केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। राकेशले पुलिसका सुजन तामाङलाई ६-० र बमिनले सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउदलाई ७-३ ले हराउँदै फाइनलको यात्रा तय गरेका हुन्।

बागमतीकी पार्वती श्रेष्ठ र एपिएफकी‌ अन्जली महर्जन ५० केजी महिलाको फाइनलमा पुगेका छन्। पार्वतीले मधेशकी मनिता मोक्तानलाई ४-० ले र अन्जली आर्मीकी नविना डिमडुङलाई २-० ले हर उँदै फाइनल पुगेका हुन्।

पुलिसकी एलिसा राई र आर्मीकी सम्पदा केसीले महिला ६८ केजी‌ मुनीको तौल समूहको स्वर्ण पदकका लागि शनिवार प्रतिस्पर्धा गर्ने भएका छन्। एलिसाले लुम्बिनीकी रविना जिएमलाई १०-० ले सम्पदाले बागमतीकी उर्सला पहारीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन्।

मधेश प्रदेशका रितिक थिङ र एपिएफका मिनबहादुर पुरुष ६० केजी तौल समूहको फाइनलमा पुगेका छन्। रितिक बागमतीको सुबिन सुनारलाई ३-२ र मिनबहादुरले सुदूरपश्चिमका विष्णु विकलाई ८-२ ले हराउँदै फाइनल भेट पक्का गरे।

एपिएफका मोहम्मद शेखु आलम र लुम्बिनीका कृष्ण बुढा मगर पुरुष ८४ केजी मुनिको तौल समूहको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा शेखुले आर्मीका किरण पुनलाई ८-२ र कृष्णले गण्डकीका रोशन गरन्जालाई ३-० ले हराए।

पुलिसकी वर्षा बुढा एपिएफकी आस्था लुहारले महिला ४५ केजी मुनिको तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सेमिफाइनलमा बर्षाले मधेशकी अजामी अली र आस्थाले लुम्बिनीकी बिन्दु जिएमलाई ६-५ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरे।

पुलिसका सन्तोष श्रेष्ठ र एपिएफका प्रदीप बैजाली मगर पुरुष ६७ केजी तौल समूहको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा सन्तोषले बागमतीका मिलन नेपालीलाई ८-० र प्रदीपले लुम्बिनीका कुमार चपाईलाई ११-३ ले हराए।

आर ्मीकी श्रद्धा सुनार र पुलिसकी निरुपा दोङ तामाङले ६१ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा श्रद्धाले एपिएफकी‌ सोनिया तिरुवालाई १-० र निरुपाले बागमतीकी रन्जना चाम्लिङलाई ३-० ले हराइन् ।

आर्मीका सिबु ओड र पुलिसका राजीव पुडासैनी पुरुष ७५ केजी तौल समूहको फाइनलमा पुगेका छन्। अन्तिम चारमा सिबुले कोशी प्रदेशका मनोज विकलाई ४-१ र राजीवले एपिएफका अ िल बलरामलाई पराजित गरे।

एपिएफकी महिमा राई र आर्मीकी श्रद्धा थापा महिला ६८ केजी तौल समूहको स्वर्ण पदकका भिड्ने भएका छन्। सेमिफाइनलमा महिमाले कोशीकी सुमना उराँवलाई ६-० र श्रद्धाले पुलिसकी स्मृति गुरुङलाई १२-४ ले हराउँदै फाइनल भेट पक्का गरेकी हुन्।

बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको परिकल्पनामा तथा जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेनको आयोजनामा जारी प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरी २ सय १० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको टिम च्याम्पियनले १ लाख ५० हजार, दोस्रोले ७५ हजार र तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

महिला/पुरुषतर्फको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले गी प्राप्त गर्ने आयोजक डोजोका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

आर्मी काताको सबै इभेन्ट्सको फाइनलमा

पहिलो दिन हिजो त्रिभुवन आर्मी क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको कातातर्फको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको महिला/ पुरुष एकल र टिम सबैमा आर्मीको खेलाडी र‌ टोली फाइनलमा पुगेको छ।  

त्यस्तै नेपाल पुलिस क्लब महिला एकलबाहेक काताको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ।

त्यस्तै एपिएफकी स न्जु देसार महिला एकल काताको फाइनल पुगेकी छिन्। उनले फाइनलमा आर्मीकी सानुमाया थिङको सामना गर्नेछिन्।

पुलिसकी एलिसा रास्कोटी मगर र बागमती प्रदेशकी दीपा पुनले महिला एकल कातामा कास्य पदक जितेका छन्।

पुलिसका स्वनिम मानन्धर र आर्मीका प्रविण मानन्धर पुरुष एकल तर्फको फाइनल पुगेका छन्। स्वनिम लगातार चौथो पटक पुरुष एकल काताको फाइनल पुगेका हुन्। उनले पहिलो बाहेक सबै ३ संस्करणमा ्वर्ण पदक जितेका थिए।

एकल कातामा अन्जन यसमाली मगर र खगेन्द्र चाम्लिङ राईले कास्य पदक जितेका छन्।

पुलिस र आर्मी दुबै टोली महिला र पुरुषको टिम काताको फाइनलमा पुगेको छ।

बागमती र सुदूरपश्चिम प्रदेशले महिलातर्फ तथा बागमती र एपिएफले पुरुष टिम कातामा कास्य पदक जितेको छ।

गोदावरी नगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य सहयोग रहेको प्रतियोगितामा बागमती गाउँपालि ाले पनि सहयोग गरेको छ। प्रतियोगिता शनिवार सकिनेछ।

प्रकाशित: २७ चैत्र २०८२ २१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App