खेल

काभा मेन्स भलिबल च्याम्पियनसिप: नेपालको लगातार दोस्रो हार

नेपाल पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ।  

इस्लामाबादमा बिहीबार भएको खेलमा नेपाल २-१ को अग्रता जोगाउन नसक्दा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुन पुग्यो। संघर्षपूर्ण खेलमा नेपाल बुधबार पनि कजाखस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। 

पहिलो सेटमा १८-२५ को हार भोगे पनि नेपालले सो पछिका दुई सेटमा उत्कृष्ट पुनरागमन गर्दै २-१ को अग्रता बनाएको थियो। दोस्रो सेटमा २५-२१ र तेस्रोमा २५-१९ को जित निकालेको नेपालले चौथो सेट भने २१-२५ ले श्रीलंकालाई सुम्पियो। पाँचौ तथा निर्णायक सेटमा १०-१५ को हार भोगेपछि नेपाल जारी प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोर्न बाध्य भयो।  

श्रीलंकाले भने प्रतियोगितामा विजयी सुरुवात गरेको हो। 

प्रकाशित: ७ श्रावण २०८३ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App