खेल

आइपीएल सुरुः आरसीबीले टस जितेर फिल्डिङ गर्दै, हैदरावाद ब्याटिङमा

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को नयाँ सिजन आजबाट सुरु भएको छ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद आमनेसामने हुँदै छन्।

बेंगलुरुस्थित घरेलु मैदानमा भइरहेको सिजनको पहिलो खेलमा आरसीबीले टस जितेको छ। टस जितेर आरसीबीले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ। यससँगै हैदरावादले पहिले ब्याटिङ गर्नेछ।

खेल आज बेलुका ७:४५ बजे सुरु हुँदै छ।

प्रकाशित: १४ चैत्र २०८२ १९:३३ शनिबार