खेल

पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नियुक्त गरेको हो।  

बिहीबार एन्फाका महासचिव किरण राई र एरेनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।  

उनले आगामी मार्चमा नेपाली राष्ट्रिय  टोलीको बागडोरा सम्हालनेछन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १७:५३ बिहीबार