खेल

पूर्वकप्तान इकबाल बंगलादेश क्रिकेट बोर्डको अध्यक्ष नियुक्त

बंगलादेश क्रिकेटमा नयाँ नेतृत्व आएको छ। राष्ट्रिय टिमका पूर्वकप्तान तमिम इकबाललाई बंगलादेश क्रिकेट बोर्डको अध्यक्षको रूपमा नियुक्त गरिएको छ।  

सरकारले पुरानो नेतृत्वलाई हटाउँदै बोर्डलाई नयाँ ढंगले सञ्चालन गर्ने उद्देश्यले यो निर्णय गरेको हो। ३७ वर्षीय तमिमले अब अस्थायी समितिको नेतृत्व गर्दै बोर्डलाई व्यवस्थित बनाउने जिम्मेवारी सम्हाल्नेछन्।  

बोर्डभित्र देखिएका विवाद र अघिल्लो चुनाव प्रक्रियामा उठेका प्रश्नहरूका कारण यस्तो परिवर्तन गरिएको बताइएको छ।

तमिम इकबाल बंगलादेश क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन्। एक वर्षअघि खेलकै दौरान उनलाई हृदयघात भएको थियो। उनको नेतृत्वमा क्रिकेट क्षेत्रमा सुधार आउने अपेक्षा गरिएको छ। 

प्रकाशित: २४ चैत्र २०८२ २०:३८ मंगलबार