फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको रोचक प्रतिस्पर्धा भएको छ।
दक्षिण कोरियामाथि मेक्सिकोले जित हासिल गरेको छ। ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियामाथि १-० गोलको जित हासिल गरेको हो।
पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा चलेको खेलमा दोस्रो हाफ सुरु भएलगत्तै नयाँ मोड आएको थियो।
दोस्रो हाफ सुरु भएलगत्तै लुइस रोमोले पहिलो गोल गर्दा मेक्सिकोले अग्रता लिएको थियो। त्यसपछि दक्षिण कोरियाले खेललाई बराबरीमा ल्याउने धेरै प्रयास गरे पनि सफल हुन सकेन।
खेलको ५० औँ मिनेटमा रोमोले गरेको गोल नै निर्णायक बन्यो।
प्रकाशित: ५ असार २०८३ ०८:४८ शुक्रबार



