खेल

म्याग्दीको रायखोर र कोटगाउँमा बनाइयाे खेलमैदान

रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट-मङ्गले-चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख रुपैयाँ सहयोगमा कोर्ट निर्माण भएको हो।

आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको २५ लाख रुपैयाँबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका-६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि  १४ लाख ३९ हजार रुपैयाँ सहयोग गरिएको थियो।  

प्रकाशित: ५ चैत्र २०८२ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App