खेल

कृष्णप्रसाद भट्टराई कप: आयोजकलाई स्तब्ध पार्दै बसाहा क्लब फाइनलमा

इटहरीमा जारी स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बसाहा क्लब उदयपुर प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक योङ ब्रदर्श क्लबलाई १-० गोलअन्तरले स्तब्ध पार्दै बसाहाले फाइनल यात्रा तय गरेको हो।

इटहरी वडा नम्बर-५ स्थित जनता कलेजको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बसाहालाई जित दिलाउन रितेश तामाङले निर्णायक गोल गरे।

निर्णायक गोल गरेका बसाहाका रितेश तामाङ नै खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ट्रफीसहित नगद ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब उपाधिका लागि आगामी शनिबार बसाहा क्लब उदयपुर र लोहोरुङ एफसी संखुवासभा बीच भिडन्त हुनेछ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको केराबारी फुटबल क्लबलाई १–० गोलअन्तरले नै पराजित गर्दै लोहोरुङ एफसीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद ४ लाख ४ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी, उपविजेता टोलीले नगद २ लाख २ हजार २०० रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ५ चैत्र २०८२ २०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App