खेल

एन्फाको साधारण सभामा गणेश थापालाई रोकेपछि...

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व अध्यक्ष गणेश थापालाई साधारण सभामा छिर्नका लागि रोक लगाएको छ। धुलिखेलमा सुरु भएको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई एन्फाले रोकेको हो।

आफूलाई भित्र प्रवेश गर्न नदिएपछि थापाले भने, 'अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन। कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो।' 

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारण सभामा भाग लिन पुगेका थिए।

फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारण सभामा सहभागी हुन लागेका हुन्। उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि साधारण सभाबाहिर तनावको स्थिति सिर्जना भएको छ।

प्रकाशित: २६ वैशाख २०८२ १०:४८ शुक्रबार

#ANFA #sports