खेल

उसु डिप्लोमा कोर्स मंगलबारदेखि

नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा तथा ११औं राष्ट्रिय उसु डिप्लोमा कोर्स मंगलबारदेखि सुरु भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा उक्त निर्णायक परीक्षा र उसु डिप्लोमा कोर्स सुरु भएको हो। कोर्सको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ मास्के र विदुर ढुंगाना, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनील श्रेष्ठ र तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहलगायत उपस्थित थिए।

कार्यक्रममा चीनका प्रतिनिधि पिटर योङ विशेष अतिथिको रूपमा उपस्थिति रहेको जानकारी नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वासले दिए। कार्यक्रममा नेपालभरिका विभिन्न जिल्लाबाट ९९ जनाले सातदिने डिप्लोमा कोर्स तथा निर्णायक परीक्षा कोर्समा सहभागी भएको नेपाल उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्यले बताए। नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जनले कोर्सले राष्ट्रियस्तरमा उसु खेलको विकास र विस्तारमा महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १० वैशाख २०८२ ०७:२९ बुधबार

# Nepal Wushu federation # Nagarik