समाज

कमजोर बन्दै पश्चिमी न्यूनचापीय प्रणाली, मौसममा सुधार

शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण विगत २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो २ बजेसम्म पनि लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको थियो।

हाल सक्रिय रहेको यो मौसम प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले बताएको छ। आज बेलुकादेखि उक्त प्रणाली क्रमिक रूपमा कमजोर हुँदै जाने र त्यसपछि पानी पर्ने क्रम घटेर मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०८२ १५:४० शनिबार