रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए।
मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन्। लुटपाट गर्न खोज्ने तीनमध्ये एकजना भने फरार छन्। निजको खोजी भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजकी श्रीमती चञ्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताए।
प्रकाशित: १९ फाल्गुन २०८२ १२:३१ मंगलबार



