जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला परेको छ। मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको रोटरीस्तम्भ छेउमा शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाकाे टाेलीले शंकास्पद वस्तुलाई निस्क्रिय बनाएकाे प्रहरीले जनाएकाे छ ।साेमबार राति शंकास्पद वस्तु भेटिएपछि प्रहरीले साे क्षेत्रमा सतर्कता अपनाएकाे थियाे। मंगलबार बिहान सेनाकाे टाेलीले नष्ट गरेकाे हाे।
त्रास फैल्याउने उद्देश्यले माटाेकाे भाडाेमा वस्तु राखेकाे देखिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीले घटनामा संलग्न व्यक्तिकाे खाेजी सुरु गरेकाे छ।
प्रहरीका अनुसार राति ९ बजेतिर एउटा इलेक्ट्रिक साइकलमा आएर राखेको जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ ०७:५२ मंगलबार



