समाज

शारजहा-काठमाडौं-शारजहा उडान आजदेखि नियमित : एयर अरेबिया

शारजहा-काठमाडौं-शारजहा उडान आजदेखि नियमित गरेको एयर अरेबियाले जनाएको छ। मध्यपूर्वमा तनाव बढेपछि रद्द गरिएका सबै उडान आजदेखि नियमित गरेको एयर अरेबियाले जनाएको हो।  

अमेरिका र इजराइलले इरानमाथि फागुन १५ गते हमला गरेपछि सुरु भएको प्रत्याक्रमणसँगै मध्यपूर्वमा तनाव बढेको थियो। त्यसपछि हवाइ मार्गमा लगाइएको प्रतिबन्धको असर नेपालमा पनि पर्दै आएको छ।  

एयर अरेबियाले आजदेखि सबै उडान नियमित गरेको भनेपनि अरु विभिन्न कम्पनीका १३ वटा अन्तर्राष्टिय उडान भने आज (शनिबार) पनि रद्द भएका त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

प्रकाशित: ३० फाल्गुन २०८२ १९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App