समाज

रामघाटमा छाडियो साढे सात हजार माछाका भुरा

विश्व मत्स्य दिवसको अवसरमा रामघाटमा साढे सात हजार माछाका भुरा छाडिएको छ ।  

जलीय जैविक विविधताको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बर्द्धन मूल नाराका साथ मनाइएको दिवसको अवसरमा रामघाटमा भुरा छाडिएको हो ।  

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अगुवाइमा रहु नैनी सिल्भर ग्रास जाप काम माछा छाडिएको हो । प्राकृतिक जलाशयमा जैविक विविधताको संरक्षण, त्यसको उचित व्यवस्थापन र समूचित सदुपयोगको उद्देश्यसहित माछाका भुरा छाडिएको केन्द्रका निमित्त प्रमुख सुकइ प्रसाद थारुले बताए ।  

माछामा प्रोटिनको मात्रा बढी पाईने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपुर्ण रहेको तथा पर्यटन र मनोरञ्जनको साधन भएकाले माछा महत्व रहेको उनले बताए । तालमा रहेका माछाको संरक्षण र प्रवर्द्धन गर्न भुरा हालिएको उनले बताए । 

प्रकाशित: ५ मंसिर २०८२ १७:३६ शुक्रबार