रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।
नेपाल प्रहरीले बिहीबार दिउँसो ५ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३५९ जनाको शव फेला परेको पुष्टि भएको हो।
जसमा रसुवाबाट १७, धादिङबाट ३३, गोरखाबाट ३०, नवलपरासी (पूर्व) बाट ८२, नुवाकोटबाट २८, चितवनबाट १३२, तनहुँबाट २२ तथा नवलपरासी (पश्चिम) बाट १५ वटा शव फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, ६३ जना घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
प्रकाशित: ११ भाद्र २०८३ १७:५५ बिहीबार



-600x400.jpg)