समाज

पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छ।

उसले कोषमा करिब रु ७० लाख सहयोग गर्ने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार रकम संकलन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार पोखरा विश्वविद्यालयका उपकुलपतिबाट एक महिनाको तलब बराबर तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ।

त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिन, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट पाँच दिन तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको सुरु तलब कट्टा गरिनेछ।

पोखरा विश्वविद्यालयका अनुसार यसरी संकलन हुने रकम करिब रु ७० लाख पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App