विराटनगरमा शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै शनिबार बिहानका राति १ः५५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको मोरङ ट्राफिकले जनाएको छ।
कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–९ बसपार्कका ४५ वर्षीय रविकुमार कामतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा बिहान २ः३० बजेतिर मृत्यु भएको हो।
दुर्घटनाको कारण खुल्न सकेको छैन। मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित: २७ भाद्र २०८३ १०:५१ शनिबार