सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बागचौर नगरपालिका –१० स्थित सडकमा रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा छत्रेश्वरी गाउँपालिका – ०५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, दुर्घटनामा परी घाइते भएका अटो चालक बागचौर नगरपालिका –१० माथिल्लो मोखोला बस्ने निर्मल कवर मगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ कार्तिक २०८३ ११:५४ बिहीबार

-600x400.jpg)

