विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ।
विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो।
आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरि ओम पोखरेलले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ।
यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार १८४ केजी धागो आयात भएको उनले बताए।
त्यसमध्ये भारतबाट सात हजार १४४ केजी र चीनबाट दुई हजार ९९६ केजी आयात भएको छ। जापानबाट पनि ४४ केजी धागो आयात भएको विभागले जनाएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १८:४७ मंगलबार
-600x400.jpg)


-600x400.jpg)