समाज

आन्दोलनमा लुटिएका प्रहरी पोसाक र उपकरण फिर्ता दिन नेपाल प्रहरीको अपिल

नेपाल प्रहरीले भदौ २३ देखि २५ गतेसम्मको आन्दोलनको क्रममा लुटिएका हतियार, सञ्चार उपकरण, प्रहरी पोसाक तथा अन्य भौतिक सामग्री फिर्ता दिन आग्रह गरेको छ।

 आन्दोलनका क्रममा केही व्यक्तिहरूले प्रहरीका पोसाक तथा अन्य सामग्री हात पारेको प्रारम्भिक तथ्य प्राप्त भएको छ। यस्ता सामग्रीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले तत्काल नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘प्रहरी पोसाक वा उपकरण प्रयोग गरेर आपराधिक गतिविधि गर्ने सम्भावना रहन्छ, त्यसैले आम नागरिकले दुरुपयोग हुन नदिन सहयोग गर्नुपर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कसैले प्रहरी पोसाक वा अन्य सामग्रीको अवैध प्रयोग गरेको देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्दछौ।’ 

प्रकाशित: २६ भाद्र २०८२ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App