समाज

प्राकृतिक विपद्: १० दिनमा कोशी प्रदेशमा ४ जनाको मृत्यु, ८ करोडभन्दा धेरै क्षति

प्राकृतिक विपद्मा परी चैत १ गते यता १० दिनको अवधिमा कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ । विपद्ले कोशी प्रदेशमा भएको क्षतिबारे मंगलबारको प्रदेशसभा बैठकलाई जानकारी गराउँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले १० दिनको अवधिमा चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।  

मन्त्री पराजुलीले कोशी प्रदेशमा हावारहुरीका कारण रुख ढलेर र ढुंगाले लागेर उदयपुरमा २  जना र भोजपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै चट्याङ्ले लागेर भोजपुरमा १ जनाको मृत्यु भएको छ । प्रकृतिक विपद्का घटनामा परी कोशी प्रदेशमा १३ जना घाइते भएका छन् । जसमध्ये उदयपुरमा ५, भोजपुरमा २ संखुवासभामा १, सुनसरीमा १, खोटाङमा १ र ताप्लेजुङमा १ जना घाइते भएका छन् । यस्तै हावाहुरीका ४ सय ४६ घटनाबाट  ४० घर परिवार  विस्थापित भएका छन् ।  

चट्याङका १६ वटा घटनाबाट १३ घर परिवार प्रभावित भएका भएका छन् । कोशी प्रदेशमा हावाहुरी र चट्याङ्का ४ सय ६२ घटनामा ५ सय ३० घर प्रभावित हुनुकासाथै ८ करोड २६ लाख बढीको क्षति भएको मन्त्री पराजुलीले जानकारी दिए । 

प्रकाशित: १० चैत्र २०८२ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App