रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ।
आइतबारसम्म अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्।
नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका १२० बिटिएस टावर थिए। जसमध्ये ३८ वटा प्रभावित भएकामा हालसम्म १०६ वटा सञ्चालनमा आएका छन्।
एनसेलका ७८ वटा बिटिएस टावरमध्ये २७ वटा टावर प्रभावित भएका थिए। जसमध्ये अब तीन वटा मात्रै सञ्चालनमा आउन बाँकी छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटेलाइट बाढी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ २१:३० आइतबार



