समाज

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना: ६ तीर्थयात्रीको मृत्यु

मनकामना मन्दिरको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

शनिबार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडी सहिद लखन गाउँपालिका–३ कान्टारनजिकै सडकबाट तल खसेको हो।

दुर्घटनामा परेको माइक्रोमा १४ जना तीर्थयात्री सवार थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी छ।

उद्धार टोलीले ८ जना घाइतेलाई भने सडकबाट निकालेर आँबुखैरेनी अस्पताल पुर्‍याएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ २१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App