समाज

मौसम खराब भएपछि काठमाडौंको उडान प्रभावित

मौसम खराब भएपछि काठमाडौंको उडान प्रभावित भएको छ। त्रिभूभव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन्।

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टले दुईवटा अन्तर्राष्ट्रियसहित आन्तरिक उडान प्रभावित भएका नागरिकलाई जानकारी दिए।

धनगढी, बिराटनगर, भद्रपुरबाट आएका आन्तरिक उडान उतै फर्किएका छन् भने दिल्लीबाट आएको विमान पनि डाइभर्ट गरिएकाे उनले जानकारी दिए।  

मौसम खुलेपछि उडान सुचारु हुने उनको भनाइ छ। 

प्रकाशित: ६ चैत्र २०८२ १६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App