सोमबारदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो।
प्रकाशित: १५ कार्तिक २०८३ १८:२६ आइतबार



