समाज

पूर्व मुख्यसचिव अर्याल अदालतमा उपस्थित, म्याद थप हुने

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार अदालतमा पेस गरेको हो।

अनुसन्धानका लागि थप समय माग गर्ने उद्देश्यले अर्याललाई अदालत उपस्थित गराइएको सीआईबीका एक अधिकृतले जानकारी दिएका छन्।

प्रहरीले अर्याललाई भारतबाट पक्राउ गरी मंसिर १० गते नेपाल ल्याएको थियो। त्यसपछि बिहीबार प्रहरीले उनको निवासमा समेत खानतलासी गरेको थियो।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुल गरी उक्त रकम विदेश पठाएको आरोपमा उनी पक्राउ परेका हुन्।

प्रकाशित: ११ मंसिर २०८३ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App