समाज

आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन्।

मौसमविद् सञ्जीव अधिकारीले बुधबारदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताएका हुन्।

उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो। तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने उनको अनुमान छ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App