मौसममा खराबी आएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध भएको उडान अहिले सुचारु भएका छन्। मौसम केही खुलेसँगै अहिले साँझ ६:१३ बजे दोहाबाट काठमाडौंका लागि आएको कतार एयरवेजको विमान अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यसअघि कम भिजिविलिटीका कारण विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू डाइभर्ट तथा होल्ड गरिएका थिए। तर, मौसममा आंशिक सुधार भएसँगै उडान सञ्चालन क्रमशः सामान्यतर्फ उन्मुख हुन थालेको हाे।
आज दिउँसो चीनको कुनमिङबाट काठमाडौं आउँदै गरेको विमान भारतको कोलकातास्थित विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। त्यसैगरी दिल्ली-काठमाडौं उडान पनि अवतरण असम्भव भएपछि लखनउ पठाइएको थियो।
प्रकाशित: ६ चैत्र २०८२ १८:५४ शुक्रबार



