अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलमा पाँच वटा शव भेटिएका छन्।
खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले बुधबार टनेलभित्रबाट पाँच जनाको शव निकालेको हो।
उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
यसअघि, उद्धार टोलीले चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा चार वटा शव फेला पारेको थियो। रासस
प्रकाशित: ३१ भाद्र २०८३ १८:२१ बुधबार