काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका युवा राइडसेयर चालक गणेश नेपालीको शव बुझ्न उनको परिवारले अस्वीकार गरेको छ।
सरकार र महानगर प्रहरीको ज्याजतीका कारण गणेशले आत्मदाह गर्नुपरेको भन्दै परिवारले शव बुझ्न नमानेपछि गएराति शवलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।
बिहीबार त्रिपुरेश्वरको सडकमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका नेपालीको शुक्रबार दिउँसो वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
परिवारले शव बुझ्न नमानेपछि वीर अस्पतालले शव सुरक्षित राख्न त्रिवि शिक्षण अस्पताल पठाएको हो। अब परिवारले नबुझ्दासम्म शवलाई त्यहाँको फ्रिजमा राखिने अस्पताल प्रशासनले जनाएको छ।
प्रकाशित: २७ असार २०८३ ०८:५२ शनिबार


-600x400.jpg)