समाज

लमजुङमा १० दिनदेखि हराइरहेका वृद्ध मृत फेला

गत असोज १४ गतेदेखि सम्पर्कविहीन भएका लमजुङको बेंसीशहर नगरपालिका–११ का एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

६८ वर्षीय केशरबहादुर रिमालको शव शुक्रबार साँझ मर्स्याङ्दी नदी किनारमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार बेंसीशहर–११, बरबोट निवासी रिमाल असोज १४ गते घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।

परिवार र स्थानीयले खोजी गरे पनि उनको अवस्था अज्ञात थियो।

शुक्रबार बेलुका करिबर ५:५० बजेको समयमा बेंसीशहर–११ स्थित रामचोकबेंसीको मर्स्याङ्दी नदी किनारको बगरमा घोप्टो परेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेर प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि पठाएको छ। पोष्टमार्टमपछि शव मृतकका छोरा निश्चल रिमाललाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ आश्विन २०८२ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App