खैरेन्द्रपुर सडक अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १ बगहीया नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो ३ बजेतिर महराजगंजबाट खैरेन्द्रपुर तर्फ जाँदै गरेको लु १ त ४१३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा च्यापिएर बुद्धभुमी नगरपालिका वडा नम्बर ८ मधुनगरका २२ वर्षीय पिन्टु बारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बारीलाई उपचारका लागि कपिलवस्तु अस्पतालमा लगिएको थियो। डाक्टरले उनलाई मृत घोषणा गरेको थियो।
प्रकाशित: २५ वैशाख २०८३ १८:३५ शुक्रबार