समाज

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबिच शिष्टाचार भेट

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्।

नेपाल प्रहरीले भेटको तस्बिरसहित लेखेको छ, ‘नेपाली सेना, जंगी अड्डा, भद्रकाली काठमाडौंमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलज्यूसँग शिष्टाचार भेटघाट गर्नुहुँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू।’

प्रकाशित: २९ कार्तिक २०८२ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App