पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।
सडक आयोजना कार्यालयका अनुसार म्याग्दे खोला, कुम्ले खोला, ठाडे खोला, सम्धी खोला, मूल खोला, फेदी खोला-१, फेदी खोला-२, रुदी खोला, हलेदी खोला, काली खोला र कास्कीको कोत्रे खोलामा पुल निर्माण भएका हुन्। उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन्।
हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।
करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ। पूर्वी खण्ड (जामुने-मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ।
प्रकाशित: १३ मंसिर २०८२ १३:२३ शनिबार



