समाज

वीरगन्जमा दुई समुदायबिच झडप

पर्साको वीरगन्जमा आज (आइतबार) साँझ दुई समुदायबिच झडप भएको छ। 

वीरगन्जको श्रीपुरमा दुई समुदायबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पर्साका प्रहरी प्रमुख नरेश राज सुबेदीले वीरगन्जको श्रीपुरमा दुई व्यक्तिहरूको विवादले दुई समुदायबिच झडप गराउन खोजिएको बताएका छन्। झडप गर्न जम्मा भएका स्थानीयहरूलाई सुरक्षाकर्मीले सामान्य लाठी चार्ज गरेर लखेटेको सुबेदीले बताए। स्थिति अहिले सामान्य भइसकेको उनले दाबी गरे।

प्रकाशित: १० फाल्गुन २०८२ १९:५८ आइतबार