यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाप्रति सिन्धुलीको कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ।
नगरपालिकाको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासहित दीप प्रज्वलन गरिएको हो।
दीप प्रज्वलनमा सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि उपस्थित भएका थिए।
प्रकाशित: २२ भाद्र २०८३ १८:४६ सोमबार