हुम्लाको चखेली गाउँपालिका–४ की एक गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि चैत ७ गते हवाई मार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत ती महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
समयमै उद्धार गरी प्रदेश अस्पताल पुर्याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र थप उपचार भइरहेको छ।
प्रकाशित: ७ चैत्र २०८२ २०:३४ शनिबार



