समाज

साेधपुछका लागि हिरासतमा ल्याइएका एक जनाकाे मृत्यु

ज्यान कसुरमा साेधपुछका लागि हिरासतमा रहेका एक जनाकाे मृत्यु भएकाे छ। इलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा रहेका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहकाे मृत्यु भएकाे हाे।  घटना आज बिहान हो।

ज्यान मार्ने कसुरमा साेधपुछका लागि उनलाई तीन दिनअघि हिरासतमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नरेश पातलीले जानकारी दिए। मृतक सिंहकाे स्वास्थ्यमा के समस्या थियाे, उनलाई कति दिनकाे म्याद थपिएकाे थियाे लगायतका विषयमा प्रहरीले खुलाएकाे छैन। डिएसपीका अनुसार उनकाे काेहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे।

अहिले काेहलपुर इलाकामा मृतकका आफन्त पुगेका छन्। प्रहरीले मृतकका आफन्तसँग पत्रकारलाई भेट्न दिएकाे छैन भने पत्रकारहरूलाई पनि इलाका प्रहरी कार्यालयभित्र प्रवेश दिएकाे छैन।

प्रकाशित: २३ भाद्र २०८२ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App