बाढीका कारण विद्युत् संरचना ध्वस्त भएका रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा तत्काल उज्यालो र सञ्चार सम्पर्क कायम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ।
मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ती सौर्य उपकरणहरू प्रभावित क्षेत्रमा पठाएको हो।
हस्तान्तरण गरिएका सोलार पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै एकैपटक चारदेखि पाँचवटासम्म बत्ती बाल्न सकिने मन्त्रालयले जनाएको छ।
भोटेकोशी बाढीका कारण प्रसारण लाइन र सबस्टेशनहरू क्षतिग्रस्त भई विद्युत् आपूर्ति ठप्प भएका बस्ती तथा राहत शिविरहरूमा तत्काल अत्यावश्यक सञ्चार र उज्यालोको सुविधा पुर्याउन यी वैकल्पिक उपकरणहरू वितरण गरिएको हो।
केन्द्रीय प्रसारण लाइन पूर्ण रूपमा पुनःस्थापना नभएसम्म यसले प्रभावित नागरिकलाई राहत पुग्नेछ।
प्रकाशित: ११ भाद्र २०८३ १९:३८ बिहीबार
-600x400.jpg)

-600x400.jpg)
