वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जना सेवाग्राहीलाई २४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ। साथै, विभागको निर्देशन पालना नगरेको भन्दै म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
विभागले साउन १२ गते वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्दै दित्य ओभरसिजलाई जरिबाना तथा क्षतिपूर्तिको निर्णय गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ अनुसार तोकिएको भन्दा बढी शुल्क लिएको ठहर गर्दै ४८ जना व्यक्तिबाट लिएको रकमबापत २४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको विभागले जनाएको छ।
यस्तै, विभागको आदेश तथा निर्देशन पालना नगरेको कसुरमा ऐनको दफा ५४ बमोजिम दोस्रो पटक ५० हजार रुपैयाँ जरिबाना गरिएको हो।
विभागका अनुसार दित्य ओभरसिजले यसअघि पनि तोकिएकोभन्दा बढी शुल्क लिएको विषयमा पहिलो पटक सचेत गराइएको थियो। तर, निर्देशन पालना नगरेपछि पुनः कारबाही गरिएको विभागले जनाएको छ।
प्रकाशित: १२ श्रावण २०८३ २०:२७ मंगलबार

-600x400.jpg)

