बुटवलको कोरोना विशेष अस्थाई अस्पतालमा तिलोत्तमाका एक जना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका ८ स्थित चारनम्बर टोलका ६० बर्षे पुरुषको गएराती मृत्यु भएको हो। उच्चरक्त चापको समेत समस्या रहेका ती पुरुषको शुक्रबार राती साढे २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए।
उनी भदौ ७ गते उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका थिए। उपचारकै क्रममा गरीएको स्वाब परिक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो। आइसीयु खाली नभएकाले एक दिन प्रादेसिक अस्पतालकै फिबर क्लिनीकमा राखेर उपचार गरीएका उनलाइ ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरीएको उपचारमा संलग्न चिकित्सकले बताएका छन। कन्ट्रयाक्ट ट्रेसिङमा मृत्तकको परिवारको स्वाब संकलन गरीदैछ ।
प्रकाशित: १२ भाद्र २०७७ १०:२० शुक्रबार



