भोटेकोशीको बाढीमा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन बनेका छन् । प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएको बताए ।
उनले अहिलेसम्म ९५ जनाको मृत्यु भएको पनि बताए । मृतकका शव रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्वमा भेटिएको काफ्लेले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्र पुगेका ४०३ पर्यटक बेपत्ता भएका छन् । प्रभावित क्षेत्रमा बेपत्ता भएका पर्यटक, नागरिक, कर्मचारीको खोजीकार्य जारी राखेको उनले बताए ।
प्रकाशित: १० भाद्र २०८३ २०:२५ बुधबार



