अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित विजयनगर गाउँपालिका-६ खजहनी बस्ने २६ वर्षीय रन्जित प्रसाद मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बसपार्क डेरा गरी बस्ने जुम्ला चन्दननाथ नगरपालिका-९ घर भएका १९ वर्षीय तपेन्द्र हमाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-६ के आई सिंह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-३ मलढुङ घर भएका २० वर्षीय सरोज महरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, कन्काई नगरपालिका-५ तारघेरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय पजन मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ मदननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय प्रविण शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, व्यास नगरपालिका-४ कालिका टोलबाट नियन्त्रित लागूऔषध नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारगन २ एम्पुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उक्त लागूऔषध व्यास नगरपालिका-४ मस्जिद टोल बस्ने २५ वर्षीय अनिष क्षेत्रीको घरबाट लिएको भन्ने खुल्नासाथ अनिषको घर तलासी गर्दा नोर्फिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल र नाइट्राजेपाम ६३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
सप्तरी, सुरूङगा नगरपालिका-२ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन्। अस्थायी प्रहरी पोष्ट बन्साह समेतबाट खटिएको प्रहरीले बेलौरीबाट कलुवापुरतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
प्रकाशित: ६ श्रावण २०८३ १५:१३ बुधबार

-600x400.jpg)

