समाज

बीपी राजमार्गमा राति सवारी साधन सञ्चालनमा रोक

रातको समयमा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै बीपी राजमार्गमा अबदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मनसुन सुरु भएसँगै  बीपी राजमार्गमा यात्रुलाई सहज बनाउने विषयमा सिन्धुली  रामेछाप र काभ्रे जिल्लाबिच अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक  सिन्धुलीको मुलकोटमा बसी यस्तो निर्णय भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वाज सुबेदीले जानकारी दिए ।

बैठकमा राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या, उद्धारमा देखिने कठिनाइ र सडक सुचारु गर्न देखिने चुनौतीबारे ३ वटै जिल्लाका सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूबिच छलफल भएको उनले  बताए । बिपदमा तिनै जिल्लाका सुरक्षा निकाय  समन्वय र सहकार्य गरी खोज उद्धारमा जुट्ने निर्णय भएको छ।

मनसुन सुरु हुँदै गर्दा यात्रामा जोखिम हुन सक्ने भएकाले  सिन्धुली, काभ्रे र रामेछापलाई जोड्ने बीपी राजमार्गका खण्डहरूमा रात्रिकालीन यात्रुवाहक सवारी रोक लगाउने निर्णय भएको प्रहरी प्रमुख सुबेदीले बताए ।  सम्बन्धित निकायहरूले यात्रुहरूलाई समयमै जानकारी गराइने व्यवस्था मिलाउने, आवश्यक परेमा वैकल्पिक मार्गको व्यवस्था तथा आपत्कालीन उद्धार टोली तयारी अवस्थामा राखिने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित: ६ असार २०८२ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App