नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्याली प्रदर्शन गरिएको छ ।
बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपमा आएर सभामा परिणत भएको छ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
प्रकाशित: १८ वैशाख २०८२ १३:०१ बिहीबार