समाज

वातावरण प्रदूषण बढेपछि सरकारले गर्यो विज्ञसँग छलफल

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदुषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजिवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अहिले प्रदुषण बढ्नुको मुख्य कारण डढेले रहेको जिकिर गर्दै उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए ।

छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनु पर्ने सम्मको स्थिति हुन सक्ने संकेत गरेको छ । वन मन्त्रालयका सचिव दिपक खरालले यस्तो बताए । त्यसो त विज्ञहरुले प्रदुषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए ।

वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योेजना बनाउनुपर्नेमा जोड दिए । डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए ।

राट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिले सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने सुझाव दिएका थिए ।

छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो ।

प्रकाशित: २१ चैत्र २०८१ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App